Loading...

विराटनगर ।

प्रदेश नम्बर १ सरकारले मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण स्वीकृत गरेको छ। प्रदेश सरकार मन्त्री परिषदको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री राईको तीन दिने अमेरिका भ्रमण स्वीकृत गरेको हो।

अमेरिकाको बाल्टिमोरमा जुलाई असार २०, २१ र २२ गते मा हुने नेप्लिज एसोसिएसन इन अमेरिकाको नेशनल कन्फरेन्समा सहभागी हुन मुख्यमन्त्री राई अमेरिका प्रस्थान गर्न लागेका हुन् ।

मुख्यमन्त्री राई आगामी असार १६ गते अमेरिकातर्फ गई २५ गते फर्कने कार्यक्रम रहेको छ ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...