Loading...

आफ्नो ४ वर्षे प्रधानमन्त्रीको जिम्बेवारी सकिए पछि हाईकिङमा निस्किए झै पदयात्रीझै डेनमार्कका प्रधानमन्त्री लार्स लोके रासमुशनको फेसवुक पेजको फोटो सहितको स्टाटसले संसारको ध्यान खिचेको छ । ऊनले लेखेको छन, “यो चोटीको लागि धन्यवाद ! तपाईँहरूको प्रधानमन्त्री हुन पाउनु मेरो अहो भाग्य हो” । ( Tak for denne gang= 😊 Det har været et privilegium at få lov til at have været jeres statsminister)। लार्सले सन २००९ देखि २०११ सम्म पहिलो तथा २०१५ देखि २०१९ सम्म दोश्रो कार्यकालका लागि अल्पमतको सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका थिए ।

गत जुन ५ मा भएको निर्वाचनमा ऊनले २००९ देखि नेतृत्व गर्दै आएको लिवरल भेन्स्ट्रे पार्टीको समीकरणमा बनेको राईट विङको व्लु व्लकले सोसिएल डेमेक्रेटले नेतृत्व गरेको लेफ्ट विङ्को रेड व्लकसँग हार व्यहोरेको थियो । ऊनको व्लकको समीकरणले १७९ सिट मध्ये ७६ सिटमा मात्र जित हात पारेको थियो ।

लार्सको दुई कार्यकालको अवधि आरोह, अवरोहमै विते । दोश्रो कार्यकालमा सत्ताको प्रमुख साझेदार रहेको डेनिस पिपल पार्टीको प्रभाव धेरै परेको पाईयो । आप्रवासीहरुका लागि धेरै नीयमहरु कडा आए भने २०१६ देखि २०१८ सम्म कोही पनि शरणार्थीहरू डेनमार्कले लिएन । भएका तथा शरणार्थीको मान्यता नपाएका आप्रवासीहरूलाई पनि लिन्डहोल्मको टापुमा छुट्टै क्याम्प बनाएर राख्ने प्रस्ताव आयो । सार्वजनिक ठाँऊमा हिजाब र नीकाव लगाउन बन्देज भयो । विभिन्न नकरात्मक सकारात्मक टिका टिप्पणीका बावजुद डेनिस समाजमा लार्सलाई एक सफल राजनीतिज्ञका रुपमा लिने गरिन्छ ।

डेनमार्कका प्रधानमन्त्रीको बहिर्गमनको फोटो र स्टाटसलाई हेरेर डेनमार्कबासी नेपालीहरूले पनि आफ्नो चासो राखेका छन । धेरै जनाको स्टाटस मध्ये , एन आर एन ए डेनमार्कका प्रवक्ता रोशन खतिवडाले सारै घतलाग्दो स्टाटस लेखेका छन, ऊनी लेख्छन् “यो तस्बिर चानचुने हैन लावालस्कर लगाउँदा नथाक्ने हाम्रा जस्ता गरीब मुलुकका भ्रष्ट नेताहरूका लागी एक सरमको पराकाष्ठा हुन सक्ने झोला बोकेका यि पात्र आफ्नो ४ वर्षे प्रधनमन्त्रीत्वकालको समाप्तिसगै प्रमको क्वाटरबाट बिदाई लिएर बाहिर आउदाको डेनमार्कका निवर्तमान प्रधानमन्त्रीको तस्बिर हो। न गाडी न साईरन न सुरक्षागार्ड न हनुमानका ताती!! हाम्रातिर भने पन्चायत कालदेखिका गृहदेखि निवर्तमान सबैले अझै सुरक्षाका नाममा राज्यदोहन गर्दै राज्यबाट सुरक्षाकर्मीदेखी गाडी आदि लिदै नै रहेका छन। खतरा त यिनलाई भेडा जनताबाट पक्कै छैन, चुनाबमा भोट हालेर पठाकै छन । फेरि यो सब केका लागी!!” ।

हुन पनि खतिवडाले लेखेझै , नेपालमा सत्तामा हुँदा अति विशिष्टको पगरी गुथेर पाईलै पिच्छे राज्य दोहन गर्ने हाम्रा मन्त्री, प्रधानमन्त्री तथा नेताहरु, आफ्नो कार्यकाल समाप्त भए पछि पनि सेवा सुविधाको लडाई गर्ने गर्छन । देशलाई कहिले सिंगापोर त कहिले स्विट्जरलैन्ड बनाऊछु भन्दै कुर्लने नेताहरुले विकसित देशका नेताहरुको राजनैतीक संस्कार पनि सिकि दिए कति राम्रो हुने थियो है ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...