Loading...

सुर्खेत।
साझा विवेकशील पार्टीको युवा संगठनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानी र सडकको समस्या समाधान गर्न नगर प्रमुखको ध्यानाकर्षण गराएको छ। साझा युवा संगठन कर्णाल्ी प्रदेश र सुर्खेत जिल्ला समितिले संयुक्त रुपमा मंगलबार वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

कर्णाली प्रदेशको राजधानीका सडकका खाल्डाखुल्डी पुर्न नगरपालिकाले चासो नदिएको भन्दै ध्यानाकर्षण गराईएको पार्टीको कर्णाली प्रदेशका युवा संयोजक केशब थापाले बताए। सुर्खेत उपत्यकामा खानेपानीको समस्या चरम संकटतर्फ उन्मुख भएकोले समस्या समाधान गर्न ट्यांकरमा पानी ल्याएर भएपनि वितरण गर्न नगरप्रमुखको ध्यानाकर्षण गराईएको संगठनका सुर्खेत जिल्ला संयोजक कृष्ण बहादुर रानाले बताए। https://www.youtube.com/watch?v=EKED7tMVatM
युवा संगठनले पानीको चरम संकटबारे नगर प्रमुखको ध्यानाकर्षण गराउन प्रदेश राजधानीका जनताको तर्फबाट एउटा पानी भरिएको लोटा र एउटा खाली लोटा नगर प्रमुख देव कुमार सुवेदीलाई हस्तान्तरण गरेका थिए।
नगरका जनप्रतिनिधिहरुले नगरवासीहरुको करबाट उठेको पैसामात्र तलबवापत लिने र नगरवासीहरुको समस्या नबुझी आफु बेखबर रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।त्यसैगरि ध्यानाकर्षण पत्रमा उचित पार्किङ्गको व्यवस्था गर्न पनि माग गरिएको छ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...