Loading...

काठमाण्डौं।
संसारकै अग्लो शिखर सगरमाथा रहेको पासाङल्हामु गाउँपालिकाको वर्णन गीत मार्फत गरिएको छ। गीतकार पुरुषोत्तम सानुका शब्दमा खुम्बु पासाङल्हामु गाउँपालिकाको चित्र उतारिएको हो। ज्योति प्रकाशले संगीत भरेको गीतमा स्वर भने प्रताप दासले दिएका छन। सोलुखुम्बु जिल्लामा पर्ने खुम्बुपासाङ गाउँपालिकामै छायांकन गरेर गीतको भिडियो पनि सार्वजनिक गरिएको छ। भिडियोमा सगरमाथा क्षेत्रका पर्यटकिय स्थलहरु देखाईएको छ। संसारकै सर्वोच्च शिखर सगरमाथा, संसारकै अग्लो स्थानमा निर्मित लुक्ला विमानस्थल, सगरमाथा आधार शिविर, गोक्यो ताल र फाक्दिङको शेर्पा संस्कृती समेत भिडियोमा देखाईएको छ। गोबिन्द अन्जानको छायांकन र सुजन शाहीको सम्पादन रहेको भिडियोमा गीतकार पुरुषोत्तम सानुले नै अभिनय र भिडियोको निर्देशन गरेका छन। भिडियोमा बालकलाकार अमूल्य सुन्दास लिम्बुको समेत अभिनय रहेको छ।हेर्नुस भिडियो।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...