Loading...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । वियोग र छटपटी बढ्नाले मन कमजोर रहला संयमता अपनाउनु राम्रो हुनेछ । मध्य साताबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग हरियो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
शुभकार्यको चर्चा चल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
गरेका कामबाट राम्रै लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । व्यापारमा मनग्ये धनलाभ हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
न्यायिक कार्यमा सफलता मिल्नेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । चोटपटकको भयछ सचेत रहनुहोला । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । साताको मध्यबाट । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । मंगल कार्यको योग छ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग कालो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
चिताएको कामले तीव्रता लिनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग घ्यूरङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नसोचेको ठाउँ बाट धन हात पर्नेछ । मनोरञ्जनमा सहभागी भइएला । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग कलेजी वा पहेंलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्यको थालनी हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ(नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग कालो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभअङ्क ४,६ र शुभ रङ्ग हरियो वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यात्राका विशेष अवसर मिल्ने छन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग ध्वाँसे वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको ध्यान गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...