Loading...

काठमाण्डौं।

 संगीत बुझ्नेहरुका लागि संगीत आफैमा एक नशा हो। नेपालमा संगीतमा लाग्न चाहनेहरुको लगाव र लगानी देख्दा

अझ त्यो कुरा प्रस्ट हुन्छ। संगीतको  बजार सानो छ अझ भिडियो अडियो आधिकारिक रूपमा किनेर सुनेर जमाना नरहेपछि लगानी उठाउने ठाउँ कि त स्टेज कि त युट्युव बन्न पुगेको छ। समय फेरिएको छ आफ्नो क्रीयशनमा लाखौ लगानी गरेर भोलिको सुनौलो भविस्यको कल्पनामा कलाकारहरु  निरन्तर अघि बढिरहेका छ्न । 



पार्श्व गायनमा सम्भावना भएका मीठो स्वरका धनी  गायक देबेन्द्र बरालले आफ्नो दोस्रो नयाँ म्युजिक भिडियो ‘ बग्न थाले म ‘ सार्वजनिक गरेका छन। रोमान्टिक भर्सनको म्युजिक भिडियोमा दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। 

‘ बग्न थाले म ‘ बोलको यस गीतमा स्वर चर्चित गायिका अन्जु पन्त र देबेन्द्र बरालको रहेको छ। गीतको शब्द डीपी खनालले लेखेका हुन भने गीतमा संगीत शंकर थापा ‘ स्माइल’को रहेको छ। गीतमा बिश्व अधिकारीको एरेन्ज्मेन्ट   छ।  पवन सुस्लिङले  सम्पादन र छायांकन गरेको भिडियोमा रोहित बिश्वकर्मा र नम्रता श्रेष्ठको अभिनय रहेको छ। शिशिर खातीको कोरियोगार्फी र निर्देशनमा भिडियो निर्माण भएको हो।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...