Loading...

काठमाण्डौं।
गायक सुकदेव अधिकारीको स्वरमा सजिएको नभने है सानुले रैछ विश्वासघाती बोलको गीत बजारमा आएको छ। बिरु जि.सीले बजारमा ल्याएको विशवासघातीमा सुकदेवलाई चल्तीकी गायीका पूर्णकला बिसीले साथ दिएकी छन।
मेशना डिजिटल म्यूजिक प्रा.लि.ले बजारमा ल्याएको गीतको भिडियो म्यूजिक नेपालले सार्वजनिक गरेको छ। गीतको संगीत पनि गायक अधिकारीले नै गरेका छन। बिरु जि.सीले शब्द रचना गरेको गीतको भिडियोमा भने सारिका केसी र बिमल अधिकारीलाई फिचर गरिएको छ।
सुरेश श्रेष्ठको छायांकन तथा नवीन घर्ति मगरको सम्पादन रहेको भिडियोको निर्देशन कपिल लामाले गरेका हुन।
हेर्नुस भिडियोः

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...