Loading...

काठमाण्डौं।
सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले टेलिभिजन अन्तर्वार्ताका क्रममा माईक फालेर बाहिरिएका छन। एभिन्यूज टेलिभिजनको एक कार्यक्रममा प्रस्तोता सुशिल पाण्डेसँग आईतबार अन्तर्वार्ता दिईरहेका मन्त्री यादव प्रश्न सोध्ने शिष्टता नभएको भन्दै कार्यक्रमको बीचमै स्टुडियो छाडेर हिडेका हुन।
एभिन्यूज टेलिभिजनले उक्त अन्तवार्ताको कार्यक्रम यूट्युबमा समेत अपलोड गरेको छ, जस्मा अन्तवार्ताको १५ मिनेट ३५ सेकेण्डमा मन्त्री यादवले टेलिभिजनको माईक फालेर बाहिरिएका छन। तपाईहरुले भर्खरै नयाँ शक्तिसँग एकता गरेर बनाएको नयाँ दल समाजवादी पार्टी नेपालले नेपाली जनतालाई के दिन्छ? भन्ने प्रस्तोताको प्रश्न शिष्ट नभएको भन्दै मन्त्री यादव रिसाएका थिए।
हेर्नुस भिडियोः

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...