Loading...

जनकपुर।
प्रदेश नं.२ मा भोली सार्वजनिक विदा हुने भएको छ । प्रदेश नं. २ सरकारले जानकी नवमीको अवसर पारेर सोमबार प्रदेशभित्र सार्वजनिक विदा दिएको हो ।
जानकी नवमीको अवसरमा शुभकामना दिँदै प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश नम्बर २ को गरिमालाई समेत विश्वस्तरमा स्थापित गर्ने भएको हुँदा यसपर्वको गरिमाको संरक्षण, स्म्बद्र्धन र प्रचार प्रसारमा प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

यस पटकको जानकी नवमीलाई जनकपुरधाममा महामहोत्सवको रुपमा मनाइँदैछ । वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ । राम नवमीको एक महिनापछि जानकी नवमी पर्छ ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...