Loading...

– प्रकाशचन्द्र परियार

पहिले पहिले डिभाईड एण्ड रुलले सयौ वर्ष काम गर्यो,अहिले नागरिक अलि सचेत वन्दै गए,लोकतान्त्रिक मुल्य मान्यताको अलि अलि भा नि अभ्यास हुन थाल्यो, सदाशक्ति समुह चलमलाउन थाल्यो अनि नयाँ फर्मुला शुरु भयो डाईभर्ट एण्ड रुल । त्यसको पछिल्लो उदाहरण वनेको छ प्रदेश नं १ को राजधानी नामाकरण प्रकरण ।

खाशमा यति वेला व्यापक वहस,चर्चा परिचर्चा र नागरिक दवाब नामाकरणमा हुनु पर्ने हो । कारण संघीयतामा संघीय राज्यको नामाकरणको ऐतिहासिक सामरिक महत्व छ । यो सिंगो मुलुककै चासो र तर्कनाको विषय हो, पहिचान र आत्म सम्मानको विषय हो नकि प्रदेश १ को हकमा १६ जिल्लावासीको मात्रै।

तर दुखद पाटो सवै भन्दा वढी मोरङ,सुनसरी र धनकुटाले लिएको प्राविधिक अग्रता अर्थात प्रादेशिक राजधानीलेनै चर्को वजार तताईरहेको छ ।स्थानीय तहको अभ्याससंगै प्रादेशिक राजधानीको जनस्तरमा ठुलो महत्व रहन्न अर्थात दैनन्दिन काम पर्ने सवाल नभए पछि आम चासो कम,नेता अगुवा,व्यापारी चासो वढी हो ।
अहिले नामाकरणको विषयमा जुन हिसावले चर्चा परिचर्चा, मत अभिमत र निर्मम वहस हुनु पर्ने हो त्यसलाई चटक्कै अल्झाएर, झुलाएर घुमाएर अर्थात डाईभर्ट गरेर अलि वढी प्राविधिक लाग्ने मुख्यालयको विषयमा वन्द हडताल सम्मै हुनु यसैको परिणाम हो ठाडो भन्दा ।

आवश्यकता,तथ्य,मर्म,अाधार र जनमत भन्दा भागशान्ति जयनेपालको अभ्यासमा रहेका परम्परागत दलहरु नाम एउटा, भवन अर्को ठाँउमा राखेर ‘विन विन सिचुएशन’मा रमाउदै मख्ख भए पछि गण्डकी हुँदा कोशी किन नहुने भन्ने मत फलोमा रमाउनु पर्ने अवस्था शृजना गरिदैछ । प्रदेश नं १ को नाम कोशी जस्तो झुर केही हुन सक्दैन विराटनगरको सवैको कोणवाट प्रभावकारी विकल्प हुँदाहुदै दक्षिण,दक्षिणा र दलालीको त्रिकोणात्मक दवाब सत्ता र प्रतिपक्ष दुवैलाई दर्हो छ, जसलाई माईक्रोस्कोप नलगाइ राम्ररी देखिदैन ।

हुनत संघीयतै चाहिदैन, यो विदेशीको दवाबमा लादिएको हो धान्नै सकिन्न भन्ने मत पनि अहिले वजारमा नभएको होईन तर संघीयतालाई राजकीय सम्पति वनाउने कि राजनीतिक एजेण्डा भन्ने वहस भुँई तहमै छताछुल्ल भईसकेको छैन किनकी गणतन्त्रमा राजतन्त्रको वहस त टल्पलाईरहेको छ भने गण्डकी,मेची,कोशीवाला संघीयताको के कुरा गर्नु ?

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...