Loading...

काठमाण्डौं।
नेकपाका सांसद गजेन्द्र महतले सरकारले सदनमा पेश गरेका नीति तथा कार्यक्रम अपूर्ण भएको टिप्पणी गरेका छन। प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै सांसद महतले सरकारले कर्णालीलाई हेर्ने दृष्टिकोण नै फरक भएको दाबी गरे।
यो सरकार मात्र नभई नेपालमा अहिले सम्म गठन भएका सम्पूर्ण सरकारले कर्णालीप्रति विभेद गरेको उनले गुनासो गरे।
महतले कर्णाल्ीमा जनताहरु खच्चर र ट्रयाक्टरलाई स्वागत गरिरहँदा सरकार पानीजहाज भनेर हिडिरहेको भन्दै आक्रोश व्यक्त गरे। उनले भने,हामी कर्णालीका जनता खच्चरलाई माला लगाउन आतुर भएकोबेला तपाइहरु पानी जहाजको कुरा गरिरहनु भएको छ। हामी खरदार सुब्बा खोज्दै गर्दा तपाइहरु मन्त्री खोजीरहनु भएको छ। योे नीति तथा कार्यक्रममा यसबारे खोई?
कर्णालीमा पठाएको चामल, नुन र औषधि समेत बाटैमा बेचिने गरेको बताउँदै महतले सरकारको नीति तथा कार्यक्रमले कर्णाली छुन नसकेकोमा दुख व्यक्त गरे।
यद्यपि सत्तारुढ पार्टीको सांसद भएका कारण महतले सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गरेका छन।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...