Loading...

काठमाण्डौं।
लामो प्रयासपछि संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएको छ। फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईद्वारा संयुक्त रुपमा शनीबार जारी विज्ञप्तीमा एकता घोषणा भने बैशाख २३ गते राजधानीको प्रज्ञा प्रतिष्ठानमा गरिने जनाईएको छ।
संघिय समाजवादी फोरम र नयाँ शक्ति एकिकरण गरेर बन्ने नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमती भएको छ। पार्टी नेतृत्व र सांगठनिक संरचनाका विषयमा भने विज्ञप्तीमा उल्लेख गरिएको छैन। यसअघि नेतृत्वकै विषयमा कुरा नमिलेर एकिकरण प्रयास भंग भएको विषय बाहिर आएको थियो।
एकिकरण पछि बनेको समाजवादी पार्टी नेपालले नेपाली समाजमा विद्यमान जातिय, वर्गिय, लैंगिक र क्षेत्रिय असमानता, विभेद र शोषणको अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भुमिका निर्वाह गर्ने विज्ञप्तीमा उल्लेख छ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...