तस्वीर नेतृ सुवेदीको फेसबुकबाट लिईएको हो।
Loading...

बुटवल ।
विप्लव नेतृत्वको नेकपाको महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । उनलाई गएराती रुपन्देहीको देवदहबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुवेदीलाई देवदहस्थित उनको घरबाटै पक्राउ गरिएको हो ।

विप्लव समूहलाई प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ।

ती मध्ये सैनामैनाका जनसरकार प्रमुख बताईएका रेशमबहादुर खाँड, युवा संगठनका नेता सावद भनिने शेरबहादुर राना र शिक्षक संगठनका नेता रामजी आचर्य सहित ३ जनाले आत्मासमर्पण गरि रिहा भएका छन र सो पार्टी परित्याग गरेका छन ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...