Loading...

झापा।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पञ्चायतमा नभएका गतिविधि ओली सरकारले गरेको आरोप लगाएका छन्। पार्टीको कार्यक्रमका लागि सोमबार झापा पुगेका देउवाले चन्द्रगढी विमानस्थलमा पत्रकारसँगको कुराकानीमा यो सरकार अधिनायकवादतर्फ उन्मुख भईरहेको बताए।
सरकारले प्रेसमाथि अंकुश लगाउने खालको विधयेक ल्याउँदै गरेको र प्रेसको कुनै पनि अंगमा आक्रमण गर्नु नै सरकारको अधिनायकबादतर्फ उन्मुख हुने संकेत भएको उनको टिप्पणी थियो।
देउवाले प्रजातन्त्रमा प्रतिपक्ष सधैं बलियो नै हुने र काँग्रेसलाई कमजोर देख्नु सरकारको भ्रम भएको दाबी गरे।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...