Loading...

काठमाण्डौं।
कमल थापा नेतृत्वको राप्रपाले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। राप्रपाको सोमबार बसेको शीर्ष नेतृत्वको बैठकले वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो।

वार्ता टोलीमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेका छन।

राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए ।
सरकारको पहलकदमीलाई राप्रपाले सकारात्मक रुपमा लिँदै वार्ता कमिटी गठन गरेको हो ।

राप्रपाले मंगलबार सिंहदरबारमा सरकारसँग वार्ताहुने तय भएको बताएको छ।
हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाले चरणवद्ध आन्दोलन गर्दै आईरहेको छ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...