Loading...

बुटवल ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने एकजनालाई सार्वजनिक मुद्धा चलाईएको छ। बुटवलको जितगढीमा शनिबार प्रधानमन्त्रीले संवोधन गरिरहँदा कालो झण्डा देखाएका रुद्रप्रसाद घिमिरेमाथि प्रहरीले सार्वजनिक मुद्दा लगाएको हो।

उनीमाथि फौजदारी संहिता अन्तर्गत सार्वजनिक मुद्दा दर्ता गरी हिरासतमा राखिएको रुपन्देही प्रहरीले जनाएको छ।

शनिबार जितगढी विजय उत्सव दिवसमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा घिमिरेले ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै कालोझण्डा देखाएका थिए ।

घिमिरेलाई सार्वजनिक मुद्दा चलाइएकोप्रति सामाजिक सञ्जालमा विरोध हुन थालेको छ । लोकतन्त्रमा शान्तिपूर्ण रुपमा विरोधस्वरुप कालो झण्डा देखाउन पाउनु नागरिकको नैसर्गिक अधिकार भएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री र प्रहरीको व्यापक आलोचना हुन थालेको छ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...