Loading...

सुर्खेत।
विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालले भ्रष्ट र भू -माफियाहरुलाई जेल जाने तयारीमा बस्न चेतावनी दिएका छन। पार्टीको अभियान विभागले बालुवाटार र हायात जग्गा प्रकरणमा शनीबार आयोजना गरेको सुर्खेतको प्रदर्शनलाई सम्बोधन गर्दै दाहालले भ्रष्टाचारीलाई जेल नहालेसम्म सुशासनको कल्पना गर्न नसकिने बताए।
अहिलेको चर्को विषय प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गा र हायात होटलले चर्चेको जग्गा व्यक्तिका नाममा गएको देखिएता पनि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ८६ बिगाहा जग्गा पुराना राजनीतिक दलहरुले भागबण्डा गरेर खाएको विषय पनि विवेकशील साझाले निरन्तर उठाउने दाहालले बताए।
समृद्धिका लागी शुसाशन पहिलो शर्त भएको धारणा राख्दै उनले शुसाशनका लागि भ्रष्ट र माफियाहरुलाई जेल हाल्नुको विकल्प नरहेको बताए।
भ्रष्टाचार र भू- माफियाका विरुद्ध विवेकशील साझाले निरन्तर प्रदर्शन गर्दै आईरहेको छ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...