Loading...

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘धर्म निरपेक्षता’ लेखिएको ब्यानरमा आगो लगाएका छन। हिन्दु राष्ट्र कायम हुुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको राप्रपाले राजधानीको रत्नपार्कमा आयोजना गरेको विरोध कार्यक्रममा शुक्रबार उनले धर्म निरपेक्षता लेखिएको ब्यानरमा आगो लगाएका हुन् ।

राप्रपाको उक्त कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेता कार्यकर्तालाईसमेत पक्राउ गरेको छ । राप्रपाले हिन्दु राष्ट्र कायम हुनुपर्नेसहित २२ बुँदे माग राख्दै लगनतार आन्दोलन गरिरहेको छ ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...