Loading...

काठमाण्डौं।
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। राजधानीबाट लामो दुरीमा चल्ने कुनैपनि सवारी साधन चलेका छैनन् भने राजमार्गहरु पूर्ण रुपले ठप्प छन।
राजधानी काठमाण्डौंमा भने बन्दको प्रभाव देखिएको छैन। उपत्यकामा निर्वाध सवारी साधनहरु चलिरहेका छन।
बन्दका क्रममा ठाउँ ठाउँमा शंकास्पद वस्तु भेटिदा जनजीवन त्रसित भएको छ। पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका कार्यालयमा बम बिस्फोट भएको छ। बिस्फोटले गाउँपालिका भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...