Loading...

सुर्खेत।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का आम निर्वाचन समपन्न भएको एक बर्षपछि गृहजिल्ला सुर्खेत पुगेका छन। गत सोमबार देखि २ साता लामो जिल्ला भ्रमणमा रहेका खड्का उद्घाटन, सभा सम्मेलन र भेटघाटमा सक्रिय भएका छन।
निर्वाचन लगत्तै आमाको निधन भएका कारण एकबर्षको बरखी अवधिभर खड्काले कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागिता जनाएका थिएनन्। गत सोमबार काठमाण्डौं देखि नेपालगञ्जसम्म हवाईमार्ग र नेपालगञ्ज देखि सुर्खेतसम्म स्थलमार्ग हुँदै गएका महामन्त्री खड्काको छिञ्चु देखि नै काँग्रेस कार्यकर्ताले भव्य स्वागत गरेका थिए। सोही दिन खड्काले काँग्रेस जिल्ला कार्य समितिको कार्यालय वीरेन्द्रनगरमा आयोजित स्वागत समारोहलाई सम्बोधन गरेका थिए।
महामन्त्री खड्काले मंगलबार नेपाली काँग्रेसको भातृसंस्था राष्ट्रिय मगर संघको कर्णाली प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको वीरेन्द्रनगरमा उद्घाटन गरेका थिए। उनले बिहीबार भेरीगंगा नगरपालिका १ लेखपराजुल स्थित काल्पानीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरे।
खड्काले आगामी बैशाख २ गते गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा नेपाल दलित संघको क्षेत्रिय भेलालाई संवोधन गर्ने भएका छन।
२ साता लामो जिल्ला भ्रमणमा निस्किएका महामन्त्री खड्काले गत निर्वाचनमा आँफुलाई मतदान गर्ने मतदाताहरुलाई भेटगरी धन्यवाद दिईरहेका छन। सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट २०४८ साल देखिका सबै निर्वाचनमा बिजयी बन्दै आएका महामन्त्री खड्का २०७४ साल मंसिरमा समपन्न भएको आम निर्वाचनमा बामगठबन्धनका उमेदवार ध्रुवकुमार शाहीसँग पराजित भएका थिए।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...