Loading...

सुर्खेत।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई सुर्खेतमा भव्य स्वागत गरिएको छ। काँग्रेसको महामन्त्रीमा मनोनित भएपछि सुर्खेत काँगे्रसले सोमबार पहिलो पटक औपचारिक कार्यक्रमको आयोजना गरी खड्काको स्वागत गरेको हो।
यती एअरको विमानबाट नेपालगञ्ज गई स्थलमार्गद्वारा सुर्खेत पुगेका खड्कालाई सुर्खेतको छिञ्चुमै काँग्रेस कार्यकर्ताहरुले स्वागत गरेका थिए । पूर्व गृहमन्त्री समेत रहेका खड्कालाई काँग्रेस जिल्ला कार्य समितिको कार्यालय गिरीजा प्रसाद कोईराला स्मृती भवन वीरेन्द्रनगर सुर्खेतमा औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो।
यस अघि महामन्त्री खड्काले फेसबुक र ट्वीटरमा स्टाटस लेख्दै आम निर्वाचन भएको १ बर्ष बितिसकेपछि आफ्ना मतदातासँग भेटघाट गर्न सुर्खेत प्रस्थान गर्न लागेको जानकारी दिएका थिए। खड्काका अनुसार उनी २ साता सुर्खेत र छिमेकी जिल्लाहरुको भ्रमण र कार्यकर्ता भेटघाट गरी राजधानी फर्किनेछन।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...