Loading...

-खेम आचार्य

भ्रष्टाचारलाई जामा लाउँदा कस्तो देखिन्छ थाह छैन
अपराधलाई माला लाउँदा कस्तो देखिन्छ थाह छैन

झुपडीको लागि भन्दै बाँडे आश्वासनका पोकाहरु
ब्रह्मलुट भित्र समृद्धि झन कस्तो लेखिन्छ थाह छैन

सिमा लुटिँदा सत्ता झन कुम्भकर्ण बने पछि
एकाध बर्षमा देशको नक्सा कस्तो देखिन्छ थाह छैन

विर्ता जस्तै बनाए देश बोल्यो कि पोल्यो भन्छन
नागरिकता भन्दा सस्तो जिनिस कस्तो भेटिन्छ थाह छैन

अब त अति भो ! गुनासो पोख्दै थियो रे आमासँग
कफन बाँधी निस्केछ छोरो कस्तो फर्किन्छ थाह छैन ।

 

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...