Loading...

भेरी नदीको किनारमा उ हिड्दै छ,
दुई चार थान सपनाहरु पुरा गर्न,
पर भेटिने महाबुको लेक छिचोल्न,
कान्जिरोवाको शीरमा चन्द्र सूर्य फहराउन,
उ हिडिरहेको छ, उस्लाई हिड्न देऊ।

सिद्धपाईलाका डोबहरु हेर्दै उ हिड्दै छ,
ज्वालामाईको ग्याँस उत्खनन् गर्छु भन्छ,
सुरुङ मार्गबाट केही घण्टामै रारा पु¥याउँछु भन्छ,
से फोक्सुण्डोको काखबाट सिंगो देश नियाल्छु भन्छ,
कर्णाली बनाउछु भन्छ, उस्लाई हिड्न देऊ।

मानसरोवरको पदमार्गमा उ हिड्दै छ,
सिंजालाई भाषाको संग्रहालय बनाउँछु भन्छ,
हुम्लाको सीमी यूरोपमा बेच्छु भन्छ,
हिल्सामा चिनियाँ पर्यटक नचाउँछु भन्छ,
उ हिडिरहेको छ, उस्लाई हिड्न देऊ।

पैतलाको छाला खियाँउदै उ हिड्दै छ,
कुपिण्डे दहमा समृद्धिको भाकल गर्छु भन्छ,
रुकुममा मयुर नाँच हेर्दै थकाई मार्छु भन्छ,
नलगाड देखि डोल्पा सम्म बिजुली शहर बनाउँछु भन्छ,
कर्णालीका सुख खोज्दै छ, उस्लाई हिड्न देऊ।।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...