उपप्रधान तथा जनसंख्यामन्त्री यादव सम्बोधन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शुक्रबार एमडिजिपी र एमबिबिएस कार्यक्रम सञ्चालनार्थ सहजीकरण तथा स्नातक तह जनस्वास्थ्य कार्यक्रममा सम्बोधन गर्दै उपप्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रतिष्ठानका सहकुलपति उपेन्द्र यादव । तस्वीरः मानदत्त रावल/रासस, जुम्ला
Loading...

जुम्ला।
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कर्णालीको स्वास्थ्य क्षेत्रको केन्द्रका रुपमा विकास गर्न मन्त्रालय गम्भीर रुपमा लागेको बताएका छन।

“कर्णालीका लागि स्वास्थ्य क्षेत्रको गुरुयोजना निर्माण भइरहेकोले आगामी बजेटमा कर्णालीका विषय समेटिनेछन्”, मन्त्री यादबले भने, “अब कसैले स्वास्थ्य सेवा नपाएर मर्न पर्दैन ।”

कर्णालीमै पहिलो पटक ‘स्कूल अफ’ जनस्वास्थ्य कार्यक्रम उद्घाटन गर्न जुम्ला पुगेका उपप्रधानमन्त्री यादवले आगामी आर्थिक वर्षका लागि ‘एमडिपी’ र ‘एमबिबिएस’ प्रमुख प्रथामिकतामा रहेको बताए । प्रतिष्ठानमा अब स्नातक तहको स्कूल अफ जनस्वास्थ्य कार्यक्रम औपचारिक रुपमा शुरु भएको छ । यसअघि प्रतिष्ठानमा एच.ए. नर्सिङ पढाइ भइरहेकामा यस वर्षबाट नर्सिङको स्नातकको पढाई पनि शुरु भएको छ । आगामी आर्थिक वर्षबाट एमडिपी र एमबिबिएसको पढाइ हुने बताइएको छ ।

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका अनुसार कर्णालीमा एमबिबिएस पढाइ शुरु गर्न आवश्यक पूर्वाधार निर्माणको विषय बजेटमा समेटिनेछ । सङ्घीय सरकार मातहतका १३ वटामध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो प्राथमिकतामा छ । पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनका लागि पहल शुरु भएको बताइएको छ ।

उक्त अवसरमा पूर्वराज्यमन्त्री बलबहादुर महत, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाललगायतले कर्णाली प्रदेशलाई ‘स्वास्थ्य पर्यटन’ गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...