Loading...

उ अहंकारको उन्मादमा छ,
कसैका कुरा सुन्दैन,
कसैले भनेको मान्दैन,
नपग्लिने चट्टान भन्ठान्छ आँफुलाई,
तर उस्लाई के थाहा ?
उ स्वयं मृत्यु मार्गमा छ ।

उ आँफुलाई अमर सम्झिरहेको छ,
बेतुकका कुरा गर्छ,
सामथ्र्यका कुरा गर्छ,
हार अस्विकार हुने सिकन्दर भन्ठान्छ आँफुलाई,
तर उस्लाई के थाहा ?
उ स्वयं मृत्यु मार्गमा छ ।

उ सबैलाई गलत र आँफु सहि ठानीरहेको छ,
सिंह गर्जिए झै गर्जिन्छ,
बेलगाम घोडा झै दौडिन्छ,
घाँटी भन्दा ठुलो हाड निल्न खोजिरहेछ,
तर उस्लाई के थाहा ?
उ स्वयं मृत्यु मार्गमा छ ।

एकदिन जलेर खरानी बन्नु छ,
ए जीवन भोग्न जान्दैन,
आफ्नै बोली थेग्न मान्दैन,
सपनाका हावादारी गफ चुटिरहेको छ,
तर उस्लाई के थाहा ?
उ स्वयं मृत्यु मार्गमा छ ।

उ मूर्खताको चरम उत्तेजनामा छ,
कसैको मतलब राख्दैन,
बाँच्नुको स्वाद चाख्दैन,
बेप्रवाह विना गन्तव्य दौडिरहेको छ,
तर उस्लाई के थाहा ?
उ स्वयं मृत्यु मार्गमा छ ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...