Loading...

पोखरा ।
विवेकशील साझा पार्टी गण्डकीले प्रदेश सरकारको १ बर्षको काम सन्तोषजनक नरहेको टिप्पणी गरेको छ । पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको एक बर्ष कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै भएको टिप्पणी गरेका हुन । विज्ञप्तीमा संघियताको नयाँ अभ्यास गरिरहेको अवस्थामा एक बर्षको समय ठोस नतिजा आउने समय नभएता पनि प्रदेश सरकारले सन्तोषजनक काम गर्न नसकेको उल्लेख गरिएको छ । गण्डकी प्रदेशलाई १ नंबर प्रदेश बनाउने उद्घोष गरेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक सूचकको मामिलामा प्रदेशलाई अन्तिम बनाएको विज्ञप्तीमा जनाईएको छ ।
यस्तो छ विज्ञप्तीको पूर्ण पाठ :

प्रदेश सरकारको एक वर्ष बारे विवेकशील साझा गण्डकीको ‘प्रेस विज्ञप्ती’

गण्डकी प्रदेश सरकारले एक वर्षको यात्रा तय गरिसक्यो । एक वर्षको अवधी विताएकोमा प्रदेश सरकार र प्रदेशसभामा रहेका सम्पूर्णलाई बधाई ज्ञापन गर्दछौँ ।

त्यसो त एक वर्षको समय कुनै ठोस् नतिजा आउने समय त हैन । तर हुनैपर्ने र गर्नैपर्ने कुराहरु पनि भए कि भएनन् ? यो चाँहि मुल प्रश्न हो । गण्डकी प्रदेश सरकारले एक वर्षभित्र आफूले गरेका विविध कामहरुको फेहरिस्त वर्षगाँठको अवसरमा संचारमाध्यमहरुमार्फत सार्वजनिक समेत गरिसकेको छ । यद्यपी गण्डकी प्रदेश सरकारको कामको विवरण सन्तोषजनक देखिन्न ।

जनताले संघीयताको महशूस गरेका छैनन् । संघीयतालाई लिएर जनमानसमा जुन अपेक्षा थियो÷छ, त्यो एकवर्षे अवधीले पुरा गर्ने क्षमता राख्दैन । यद्यपी एक वर्षको अवधी केहि न केहि काम गर्ने अवधी भने पक्कै हो । यो अवधीमा जति हुनुपर्ने हो, त्यति पनि भएको छै्रन । यो कुरामा गण्डकी प्रदेश सरकार पनि चुकेकै हो ।

प्रदेश सरकारले ५ प्रतिशत मात्रै पनि बजेट खर्च गर्न सकेका छैन । गण्डकी प्रदेशलाई नम्बर १ बनाउने घोषणा गरेका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक सूचकको मामलामा त झन् प्रदेशलाई अन्तिम बनाईदिए । त्यसो त गण्डकी प्रदेशले कानुन बनाउने काम सन्तोषजनक भएको बताएको छ । यद्यपी जति विधेयकहरु बनेका छन् यो एक वर्षमा अझै बढि विधेयकहरु बन्नु पथ्र्यो । यो विषयमा पनि गण्डकी प्रदेश सरकार नम्बर १ बन्न सकेन ।

काम गर्ने कुरालाई जोड दिनुको साटो प्रदेश सरकारका मूख्यमन्त्री र मन्त्रीहरु उद्घाटन र शुभारम्भ कार्यक्रममै बढि अल्झिएका देखिन्छन् । मूख्यमन्त्री आफै र अन्य मन्त्रीहरुले प्राइभेट स्कुलको वार्षिकोत्सवदेखि फिल्म रिलिज कार्यक्रमको अतिथी हुनसम्म छोडेनन् । यस्ता कुराले प्रदेश सरकारमा बसेकाहरु ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएका देखिन्छन् । प्रदेश सरकारले यतिबेला गर्नुपर्ने भनेको काम, काम र काम मात्रै हो । त्यसैले अन्य कुरामा अल्झिएर समय खेर नफालेकै राम्रो ।

थुप्रै समस्याका बाबजुद पनि केहि काम भने अवश्य भएका छन् । प्रदेश र प्रदेशवासीको हितमा बनेका कानुनअनुसार नै अबको बाटो प्रदेश सरकारले तय गर्नेछ भन्ने अपेक्षा सहित आगामी कार्यकालको शुभकामना ।

महेश भण्डारी 
सँयोजक 
विवेकशील साझा पार्टी, गण्डकी प्रदेश

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...