Loading...

बुटवल ।
प्रदेश नं. ५ मा गाडि खरिदमा अनियमितता भएको सार्वजनिक भएपछि विवेकशील साझा पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टीका प्रदेश नं. ५ का संयोजक अनुपमान सैंजु नेतृत्वको टोलीले आईतबार बुटवल स्थित आयोगको कार्यालयमै पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रदेश नं. ५ को प्रदेश सभाले ११ वटा र प्रदेश नं. ५ को सरकारले ४ वटा गरि जम्मा १५ वटा गाडि खरिदमा ५४ लाख भन्दा बढि भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदनले बाहिर ल्याएपछि आफ्नो पार्टीले चासो दिएको पार्टीका ५ नंबर प्रदेश संयोजक सैंजुले बताए । गाडि खरिदमा ५४ लाख भ्रष्टाचार भएको विषयलाई तोडमोड गरी लुकाउने प्रयास समेत शुरु भएको भन्दै आयोगलाई निष्पक्ष छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई अनुरोध गरिएको सो पार्टीले जनाएको छ । पार्टीले बुझाएको ध्यानाकर्षण पत्रमा गाडि खरिदमा भएको भ्रष्टाचारको छानविन गरि दोषिलाई कारवाहिको दायरामा ल्याउन पनि आयोगलाई अनुरोध गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझाउन प्रदेश संयोजक सैंजुसँगै प्रदेश सचिवालय प्रमुख हरि कृष्ण अधिकारी ,रुपन्देही जिल्ला संयोजक गणेश पन्थी ,रुपन्देही क्षेत्र न २ समन्वयकर्ता सुवास लामिछाने ,तिलोत्तमा नगरपालिका समन्वयकर्ता काशीराम पान्डे र रुपन्देही सदस्य डाक्टर कृष्ण बेल्बासे आयोगको कार्यालय पुगेका थिए ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...