Loading...

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले चिस्यान केन्द्र निर्माणको प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० स्थित जनजागृति सामुदायिक वन क्षेत्रमा चिस्यान केन्द्र निर्माण गर्ने तयारी गरेको जनाएको छ । सङ्घीय सरकारले पनि वीरेन्द्रनगरमा चिस्यान केन्द्र स्थापना गर्न रु ५० लाख बजेट विनियोजन गरिसकेको छ । जग्गा छनोटसँगै चिस्यान केन्द्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन सामुदायिक वनलाई अनुरोध गर्ने तयारी भइरहेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भेरीगङ्गा नगरपालिकाको जडीबिसौने मदानेचौरमा चिस्यान केन्द्र बनाउन लागिएको जानकारी दिईन । प्रदेश सरकारले चालू आवमा सुर्खेतमा प्रदेशस्तरीय चिस्यान केन्द्र निर्माण गर्न बजेट विनियोजन गरिसकेको छ । मन्त्री केसीले जाजरकोट–डोल्पा सडकको छिन्चु खण्डमा चिस्यान केन्द्र बनाउँदा जाजरकोट, डोल्पा, सुर्खेत, सल्यान र रुकुम (पश्चिम) का जनताले लाभ पाउने बताईन ।

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...