Loading...

विद्यार्थी कुनैपनी समाजको चेतनशील, सिर्जनशील र परिवर्तनको संवाहक हो। विद्यार्थी वर्गले नै नागरिक र राजनीतिक अधिकार तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको वकालत तथा त्यसको समृद्धिकरणका लागि संघर्ष गर्दै अगाडि बढ्न सक्नुपर्छ,नेपाली इतिहासका विभिन्न कालखण्डमा जयतु संस्कृतम् आन्दोलन,अखिल भारत विद्यार्थी युनियन,अखिल,अखिल क्रान्तिकारी हुँदै थुप्रै विद्यार्थी संघठनहरुले राजनीतिक परिवर्तनको लागी महत्त्वपूर्ण योगदान गरिसकेका छन् । नेपाल एउटा नयाँ युगमा प्रवेश गरिसकेको छ,हामीले संविधानसभा बाट संविधान प्राप्त गरे संगै राजनीतिक अधिकारको आन्दोलन भन्दा आर्थिक बिकास र समृद्धिको अभियानलाई जोड गर्ने लक्ष्य लिएर अगाडी बढिसकेका छौ ,यसै बिचमा त्रिभुवन बिश्वबिद्धालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने तयारी थालेको छ , के पुरानै ढाचामा गरिने स्वबियु निर्वाचनले हामीले संविधानमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई उन्नत बनाउन सक्ला?साच्चै नयाँ युगको नेतृत्व गर्ने नेताहरू उत्पादन गर्न सक्ला ? विद्यार्थी राजनीतिभित्र धेरै विकृति पनि बढेको छ । अहिले विद्यार्थी राजनीति भनेको स्ववियुमा हुने भ्रष्टाचार, गुन्डागर्दी र धाधली कसरी गर्न सकिन्छ भनेर सिक्ने पाठशाला बनेको देखिन्छ । विद्यार्थी राजनीतिको नाममा आफ्नो जिवनको उर्जा्शिल र सिर्जनशील समय भ्रष्ट र विगठित चरित्र निर्माण गर्ने पथमा लामबद्व साथीहरू बाट देशले धेरै आशा राख्नु हुदैन यद्यपि नेपालमा लोकतान्त्रिक मुल्य र मान्यताहरु स्थापित गर्न वास्तविकतामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निकै महत्त्व हुन्छ।केही सुधार गर्नुपर्ने विषयहरु उल्लेख गर्नपर्छ ।

शैलीमा परिवर्तन

उच्च शिक्षा हासिल गर्न विभिन्न ठाँउ बाट आएका साथीहरू पहिलो दिन बाट नै भर्ना फाराम भरिदिने मानिसहरु बाट प्रभावित भएर विद्यार्थी युनियनको समर्थनमा उत्रिन्छ्न ,अझ कतिपय विद्यार्थीहरु पहिल्यै त्यो मानसिकता बनाएर भर्ना गरिरहेको पाइन्छ। यसबाट प्रष्ट के बुझ्न सकिन्छ भने विद्यार्थी राजनीति एउटा बिचार,आदर्श र अध्यन बाट मार्ग्निर्देश छैन । बिश्वबिद्धालयमा अध्यन गर्न आउने विद्यार्थीहरु साच्चिकै अर्थमा भन्ने हो भने देश,समाज र राजनीतिक बिचार र ब्यबस्था प्रति न्युनतम ज्ञान भएको हुनुपर्छ,त्यसो नभएकोमा कम्तीमा मैले कुन बिचार धारा बोकेको संघठनलाई समर्थन गर्दैछु र किन गर्दैछु भनेर उत्तर दिनसक्नुपर्छ । अथवा सबै विद्यार्थीहरु राजनीतिक बिचारधारा बाट प्रभावित नहुन सक्छन् तर उनीहरुको समय भनेको समाजमा विद्यमान समस्याहरुको हल खोज्ने किसिमको बहस गर्ने खालको हो।कयौ साथीहरू बिहान देखि बेलुका सम्म विद्यार्थी युनियनका माथिल्लो पदका पात्रहरूको आदेशमा क्याम्पसमा परिसरमा आफ्नो अमुल्य समय बर्बाद गरिरहेका छन् ,उनीहरुलाई के भन्निन्छ भने हामी यसै गरेर यहाँ सम्म आइपुगेका हौ तिमीहरु पनि त्यही गर नत्र नेता बनिदैन । अबको विद्यार्थी राजनीति त्यसरी अगाडि बढाउन सकिदैन , हामीले २१ शताब्दीमा आएर ज्ञान,बिज्ञान र बिचरको समृद्धिकरण गर्दै अगाडि जाने विद्यार्थी राजनीती गर्नुपर्छ ।क्याम्पसहरुमा विद्यार्थी संघठनहरुले पारदर्शिता र बिधिको शासन स्थापित गर्न सदैव अग्रसर हुनुपर्छ नकि क्याम्पसमा हुने गतिविधिहरुमा कमिसनको लागी लुछाचुडी गर्ने। नेपाल जस्तो गरिबी,बेरोजगारि,भ्रष्टाचार र परनिर्भरता जस्ता समस्याहरु बाट ग्रसित देशलाई कसरी सुशासन मार्फत बिकास र समृद्धिको मार्गमा लैजान सकिन्छ ,अहिलेको परिप्रेक्षमा कस्तो राजनीतिक प्रणाली र बिचार बाट त्यो लक्ष्य हासिल हुनसक्छ भन्ने किसिमका छलफल,अन्तरक्रिया हुनुपर्छ ।

निर्वाचन आयोग मार्फत स्ववियु

विश्वबिद्धालयका धेरैजसो पदाधिकारीहरु राजनैतिक दलका बफादार कार्यकर्ताहरु छन् ,राजनीतिक भागबन्डाले बिश्वबिद्धालय जस्तो शैक्षिक मन्दिर नराम्ररी फसेको छ।अहिले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तिनै राजनीतिक भागबन्डाका आधारमा न्युक्त गरेकाहरु बाट हुने हो भने त्यसको निस्पक्षता माथी प्रश्न गर्ने ठाँउ रहन्छ । समाजलाई रुपान्तरण गर्न सक्ने शक्ति विद्यार्थीहरु सफा राजनीतिक क्रियाकलाप गर्न सकिरहेका छैनन् ,आफ्नो पकड कमजोर भएको ठाँउमा ताला लगाएर स्वबियु रोक्ने र जित्ने ठाँउमा ताला फोडेर पनि चुनाव गराउने हर्कतहरु लोकतन्त्रका लागि घातक छन् । हाम्रो देशमा लोकतान्त्रिक मुल्य र मान्यताहरु बिस्तारै स्थापित हुँदै गइरहेका छन् ,अझ यसलाई मजबुत बनाउन आवधिक निर्वाचनले महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ। निर्वाचन आयोगले देशका सरकारी मात्र होइन सम्पुर्ण निजि कलेजहरुमा स्वबियुको निर्वाचन गर्नुपर्छ ।सर्वसाधारण विद्यार्थीहरु चुनाव नलड्न सक्ने अवस्था छ,स्वबियुमा लाखौ खर्च गरेर भोट किन्न थालियो भने भोलिका दिनमा संसदीय निर्वाचन स्वतन्त्र,निस्पक्ष र सफा होला भनेर कसरी आशा गर्न सकिन्छ।निर्वाचन आयोगले उम्मेदवारहरुका एजेन्डालाई विद्यार्थी माझ लैजान सहयोग गरेमा मात्र सबै विद्यार्थीहरु प्रतिस्पर्धा गर्न सक्छन् ,जो लोकतन्त्रका लागी सुखद हुन जान्छ ।

सयुक्त मंचको ब्यबस्था

स्वबियुको चुनावमा पार्टीका अध्यक्षहरु,पुर्वप्रधामन्त्री लागएत राज्यका उच्च पदस्त ब्यक्तिहरुलाई क्याम्पसमा बोलाएर भोट माग्ने प्रचलन खाराब देखिन्छ । यसरी विद्यार्थी संघठनहरु माउ पार्टीका हनुमानको रूपमा प्रस्तुत हुनेकुरा असल होईन । हामीले स्वबियु निर्वाचनको बेलामा धेरै समय चुनाव प्रचार प्रचारमा बिताउदा थुप्रै विद्यार्थीहरुको पठनपाठन ठप्प हुन्छ । हामीले अमेरिकी रास्ट्रपतिको निर्वाचनमा हुने पृसेन्डेन्टल डिबेट गराउन सकेमा निर्वाचनमा उम्मेदवारहरुले बिचारको प्रतिस्पर्धा गर्ने वातावरण बन्छ। कम्तीमा ३(४ पटक सम्म सम्भापतिका उम्मेदवारहरुलाई सबै विद्यार्थीहरुको माझमा सयुक्त रूपमा धारामा राख्ने र प्रश्नोतोर गर्न सक्ने अबस्था सिर्जना गर्न सकियो भने निर्वाचन सफा,पारदर्शी र सदाचारयुक्त हुन्छ ।
स्वबियुमा निशेध वा सिन्डिकेटको राजनितीक प्रतिस्पर्धालाई रोक्न सकिएन भने राजनीति झनै खराब हुदैजाने सम्भावना देखिन्छ ,कम्तीमा साझा मंचको ब्यबस्थापनले त्यसलाई निरुत्साहित गर्न सकिन्छ । स्ववियुमा उम्मेदवार हुनकै लागि वर्षौवर्ष क्याम्पस ढुक्ने प्रवृत्तिलाई सबैले निरुत्साहित गर्नुपर्छ,वास्तविक स्वबियु नियमित विद्यार्थीहरुको बन्नुपर्छ ।विद्यार्थी राजनीति भनेको राजनीतिक प्रक्रियाहरू सिक्ने अवसर हो,राजनीतिलाई सामाजिकीकरण गर्न अपरिहार्य छ,यसको मतलब भनेको आफूले गर्ने राजनीतिको वाद, शास्त्र तर्क, सिद्धान्तको साथै आफ्ना प्रतिस्पर्धीका वाद, शास्त्र तर्क र सिद्धान्तको अध्ययन गर्ने र बौद्धिक क्षमता बढाउने, संगठन गर्ने, कार्यकर्ता र समर्थकको आधार फराकिलो बनाउने आदि सीप सिक्ने हो।हामीले हाम्रै जिवनकालमा समृद्ध नेपाल निर्माणको सपनालाई साकार पार्न सुशासन र सदाचारयुक्त राजनीतिलाई स्थापित गर्नैपर्छ ,स्वबियु देखी नै त्यो शुरु गरौ !

तपाईलाई कस्तो लाग्यो ? यहाँ कमेन्ट गर्नुहोस् ।
Loading...