प्रधानमन्त्रीले मागे सचिवालय सदस्यका राजीनामा

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सबै सदस्यहरूको राजीनामा मागेका छन्।

नयाँ पत्रिकाले लेखेअनुसार मन्त्रिपरिषद्को पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले सचिवायका सबै सदस्यहरूको राजीनामा माग गरेका हुन्।

प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकारमा विष्णु रिमाल रहेका छन् भने विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्यूत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याललगायत ६ जना सल्लाहकार रहेका छन्।

तर, प्रधानमन्त्री ओलीका सचिवालय बैठकका प्रेस सल्लाहकार कुन्दन अर्यालले आफूलाई केही थाहा नभएको बताए।

फाइल तस्वीर

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here