प्रदूषण गर्ने संस्था कारबाहीमा

काठमाडौं।देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन्।

वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो। रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउँछ।

२६ मध्ये १२ वटा अस्पताल वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका हुन्। सरकारले तोकेको मापदण्डविपरीत धुलो, धुवाँ र अन्य प्रदूषण उत्पादन गरेबापत ती उद्योग प्रतिष्ठान कारबाहीमा परेको वातावरण निरीक्षक गोविन्द लामिछानेले जानकारी दिए।

कारबाहीमा परेकामध्ये पनि काठमाडौँमै रहेका अस्पताल धेरै छन्। त्यस्तै दुईवटा क्रसर उद्योग कारबाहीमा परेका छन्। अस्पतालहरूले मानव स्वास्थ्यलाई हानि पु¥याउने फोहोरको उपचार नै नगरी जथाभावी फालेको भेटिएको लामिछानेले बताए।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here