नेपाली भूभाग मिचिएको छैनः भारत

काठमाडौं।भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएपछि चौतर्फी भारतको विरोध हुँदै आएको छ।

यसैबीच भातरले भने नेपाली भूमि नमिचेको दावी गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको बताएका हुन्।

उनले नेपाली भूमि नमिचिएको दावीसमेच गरेका हुन्। भारतको नयाँ नक्सामा कुनै पनि हिसाबले नेपाल भारत सीमा परिमार्जन नगरिएको भन्दै उनले नक्सा ठीक भएको दावी गरे।

नेपाल भारत सीमा व्यवस्थित गर्न दुइदेशबीचको संयन्त्रले काम गरिरहेको उनको भनाइ थियो।

फाइल तस्वीर

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here