म संवेदनाको मत लिन आएकी होइनः विद्या भट्टराई

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले आफू ‘संवेदना’को मत लिन नभई जनतासँग एकाकार हुन उम्मेदवार बनेको बताएकी छिन्।

‘म माथि किन संवेदनाको मत लिन आएको भन्ने प्रश्न उठेको छ’ उम्मेदवारी दर्तापछिको कोणसभामा बोल्दै उनले भनिन्, ‘म शोकलाई शक्तिलाई बदल्ने आँटले जनतासँग एकाकार हुन आएको हुँ।’

उनले कास्कीका जनताले नेकपालाई ५ वर्षको लागि जनमत दिएको र त्यो अझै कायम रहेको पनि बताइन्। उनले त्यो जनतमतलाई कहीँ पनि असर नगर्ने गरी जनप्रतिनिधिहरुको भूमिका खेल्ने प्रतिवद्धता पनि व्यक्त गरिन्।

फाइल तस्वीर

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here