तितेपातीको तेल उत्पादन सुरु

काठमाडौं।रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलो गाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ।

गत वर्ष गत्लाङमा परीक्षण गरिएको भएपनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलो गाउँमा उत्पादन सुरु गरिएको हो।

गत्लाङमा अत्यधिक चिसो हुँदा मेसिन नतात्ने समस्या आएपछि सञ्चालन गर्न कठिनाइ भएको व्यावसायी भीम तामाङले बताए। ५ लाखको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो।

ठूलो गाउँमा रहेको ब्लु बेल इमेन्सल प्रालिले सञ्चालन गरेको उत्पादन केन्द्रले वार्षिक ६० केजी तेल उत्पादन गर्ने लक्ष्य लिएको छ। यो समाचार आजको नागरिकमा छ।

फाइल तस्वीर

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here