भारतको नयाँ नक्साको नेपालमाथि ठाडो हस्तक्षेपः साझा पार्टी

काठमाडौं।नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेकोप्रति साझा पार्टीले गम्भीर आपत्ति प्रकट गरेको छ।

बुधबार साझा पार्टीले एक विज्ञप्ति जारी गर्दै भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेको प्रति साझा पार्टीले गम्भीर आपत्ति प्रकट गरेको हो।

“सरकारको यो कदम अन्तराष्ट्रिय कानूनको विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप हो।” पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

भारतबाट भएको सीमा अतिक्रमणको साझा पार्टीले निरन्तररुपमा विरोध गर्दै आएको उल्लेख गर्दै साझा पार्टीले नेपाल–भारत बीचको सदियौंदेखि रहिआएको घनिष्ट सम्बन्ध अझ नयाँ उचाईमा पुर्याउनुपर्नेमा भारत सरकारको यो कदम प्रत्युत्पादक हुने ठहर गरेको छ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयँंग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिन समेत साझाले आग्रह समेत गरेको छ।

विज्ञप्ति

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here