आलमलाई ३२ वर्ष कैद सजाय माग

काठमाडौं।जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन्।

उनले पत्रकारहरुसँग आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौं व्यक्तिलाई इँटाभट्टामा ज्यूँदै जलाएको आरोपमा मुद्दा चलाएको बताए।

तर, प्रहरी अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ।

फाइल तस्वीर

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here