भक्तपुरमा साझा पार्टीको चुनावी प्रचार–प्रसार(फोटो फिचर)

काठमाडौं।साझा पार्टीले भक्तपुर क्षेत्र नं १ मा चुनावी प्रचार–प्रसार सुरु गरेको छ।

पार्टीले आगामी १४ मंसिरमा हुने आसन्न उप निर्वाचनको लागि भक्तपुर क्षेत्र नं १ को (क)बाट सुरज प्रधानलाई उम्मेदवार बनाएको छ। अहिले उक्त क्षेत्रमा पार्टीका संयोजक रवीन्द्र मित्रलगायतका टोली प्रचार–प्रसारमा व्यस्त देखिन्छन्।

नेकपाबाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि उप निर्वाचन हुन लागेको भक्तपुर क्षेत्र नं १ (क)मा ०७४ को चुनावमा विवेकशील साझाले ७८३ मत ल्याएको थियो।

पार्टीले यसअघि कास्की क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार रजनी केसी र दाङ क्षेत्र नं ३ (ख) प्रदेशसभा उम्मेदवारमा शिवकुमार चौधरीलाई घोषणा गरिसकेको छ।

थप तस्वीरः

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here