मन्त्रिपरिषद् बैठक भोलिका लागि सर्‍यो

काठमाडौं।आइतबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ।

बैठक सोमबार बिहान ११ बजेका लागि डाकिएको छ। यसअघि ५ बजेका लागि बोलाइएको बैठक त्यसलाई सारेर साढे ६ बजे पुर्‍याइएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पछाडि सारेर नेकपाको सचिवालय बैठक बोलाएका थिए। साँझ ५ बजेदेखि बसेको नेकपाको सचिवालय बैठक लम्बिएपछि मन्त्रिपरिषद्को बैठक स्थगित भएको हो।

मन्त्रिपरिषद्ले सातैवटा प्रदेशमा प्रमुखहरुको नियुक्ति गर्ने तयारी गरेको थियो। यसअघि आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

फाइल तस्वीर

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here