उप निर्वाचनः नेकपाले उम्मेदवारको टुंगो लगायो

काठमाडौं।उप निर्वाचनका लागि नेकपाले उम्मेदवारहरुको टुंगो लगाएको छ।

आइतबार साँझ बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो।

प्रतिनिधिसभाका लागि कास्की–२ बाट विद्या भट्टराई, दाङ क्षेत्र नम्बर ३(ख)बाट विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारीको पत्नी हुन्। अधिकारीको हेलिकप्टर दुर्घटना परी निधन भएको थियो। वली पूर्व प्रदेश सांसद उत्तरकुमार वलीको श्रीमती हुन्। सांसद उत्तरकुमारको मोरटसाइकल दुर्घटनामा परी निधन भएको थियो।

यस्तै, भक्तपुरमा १(क)मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

धरान उपमहानगरपालिकामा नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यसैबीच बाग्लुङमा भने नेकपाले राष्ट्रिय जनमोर्चा पार्टीलाई समर्थन गर्ने भएको छ।

फाइल तस्वीर

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here