ट्रम्पविरुद्धको महाअभियोगः छानबिनलाई औपचारिकता दिने प्रस्ताव पारित, ‘ह्वाइट हाउस’को आपत्ति

काठमाडौं।अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग छानबिन अघि बढाउने प्रस्ताव पारित गरेको छ।

संसदले पारित गरेको उक्त प्रस्तावमा ट्रम्पलाई महाअभियोग लगाउने विषयमा भइरहेको छानबिनले कसरी अझै सार्वजनिक रुप लिन्छ भन्ने कुरा समेटिएको बीबीसीले जनाएको छ।

तर, संसदमा भएको मतदानमा राष्ट्रपतिलाई महाअभियोग नै लगाएर पदच्यूत गर्ने वा नगर्ने भन्ने विषयचाहिँ नरहेको जनाइएको छ। प्रस्तावको पक्षमा २३२ मत खसेको थियो भने विपक्षमा १९६ मत खसेको थियो।

प्रस्ताव पारित भएसँगै तल्लो सदनमा ट्रम्पविरुद्ध महाभियोग लगाउने पक्षमा समर्थन छ वा छैन भन्ने कुराको पहिलो औपचारिक परीक्षण भएको छ। तर, ‘ह्वाइट हाउस’ले उक्त मतदानप्रति असन्तुष्टि जनाएको छ।

प्रस्ताव पारित भएसँगै ट्रम्पका वकिलहरूको अधिकार पनि कटौती गरिएको छ। राष्ट्रपति ट्रम्पमाथि अपुष्ट भ्रष्टाचारको दाबीबारे आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाब दिएको आरोप लागेको छ।

तर, ट्रम्पले आफूमाथि लागेको आरोप गलत भएको दाबी गर्दै आएका छन्।

फाइल तस्वीर

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here