तिहार सकिए लगत्तै मुख्यमन्त्री महाबु लेकमा

सुर्खेत।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तिहार सम्पन्न गरेलगत्तै बुधबार दैलख र कालीकोट सीमा क्षेत्रमा पर्ने महाबु लेकमा पुगेका छन्।

मुख्यमन्त्री शाही दैलेख–कालीकोट–जुम्ला हुँदै रारा जोड्ने सडकको अध्ययन गर्न महाबु लेकमा पुगेका हुन। मुगुको राराताल जोड्ने सडक सांस्कृतिक, धार्मिक, पुरातात्विक, प्राकृतिक र ऐतिहासिकता बोकेको पर्यटकीय महत्वको बाटोको निर्माण कार्यको अवस्था अध्ययन गर्न मुख्यमन्त्री शाही नेतृत्वको टोली त्यहाँ पुगेको मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए।

कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि दैलेख सदरमुकाम भएर कालीकोट–जुम्ला हुँदै मुगु राराताल जोड्ने यो सडक कर्णाली राजमार्गभन्दा करीब ७० किलोमिटर कम भएको र यसको निर्माण कार्य छरितो होस् भन्ने हेतुले अध्ययन तथा अवलोकन गर्न आजै त्यसतर्फ लागिएको मुख्यमन्त्री शाहीले बताए। संघीय सरकारका साथै कर्णाली प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा सडक निर्माण कार्यलाई जतिसक्दो तीव्रता दिइने उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीका अनुसार कर्णाली प्रदेश सरकारले उक्त सडकलाई पर्यटकीय मार्गका रुपमा समेत विकास गर्ने लक्ष्य राखेको छ। टोलीमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेशसभा सदस्य अमरबहादुर थापा, स्थानीय दैलेख महाबु तथा कालीकोट महावै गाउँपालिकाका जनप्रतिनिधिलगायत सरोकारवालाको सहभागिता थियो।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here