‘डन आयो डन’गीतका गायक आफै ‘त्रास’मा (तीन तस्वीर)

काडमाडौं।आपत्तिजनक शब्द प्रयोग गरी तिहारका लागि गाइएको (‘ह्याप्पी तिहार)२ चिसो बियर’ बोलको गीतका गायक दुर्गेश थापाले मंगलबार केही घण्टा प्रहरी हिरासतमा बिताएका छन्।

अधिवक्ता यज्ञमणि न्यौपानेले गीतमार्फत तिहारको सांस्कृतिक विचलन गरेको र प्रतिबन्धित गाँजा सेवन गर्न उक्साएको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दुर्गेशविरुद्ध उजुरी गरेका थिए।

काठमाडौं जिल्ला प्रशासनले दुर्गेशले आपत्तिजनक काम गरेको भन्दै उनलाई कारबाही गर्न महानगरीय प्रहरी अपराध महाशाखामा पत्राचार गरेको थियो।

मंगलबार दिउँसो टेकुस्थित महाशाखा कार्यालयमा पुर्याइएका दुर्गेश जिल्ला प्रशासन कार्यालयको पत्र पढेपछि निकै हच्किए। साथै उनले तत्कालै आफ्नो यूट्युब च्यानलमा रहेको सो गीत पनि हटाए।

मुद्दा चलाएर कारबाही गर्नुपर्ने जिल्ला प्रशासनको सिफारिस बमोजिम महाशाखाले दुर्गेशलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन कुन कसुर लगाउने भन्ने तयारीमा जुट्दै थियो।

तर दुर्गेशले पटक–पटक आम माफी माग्ने र आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जनाएपछि महाशाखा एक ‘स्टेप’ पछि हट्यो। मलिन देखिएका दुर्गेश एकाएक खुसी भए। महाशाखाको प्रस्तावपछि दुर्गेश गल्ती गरेको स्वीकार गर्न र माफी माग्न पनि गर्न तयार रहेको बताए।

गत तिजमा ‘हामी पनि नाँच्नुपर्छ बिच्चबिच्चमा’ बोलको गीत गाएर चर्चा कमाएका दुर्गेश पछिल्लो गीत सार्वजनिक भएयता विवादमा थिए।

‘ ह्याप्पी तिहार, ह्याप्पी तिहार चिसो बियर’, ‘ डन आयो डन, जा मुला भन्’, ‘ राजा हो राजा बजाईदिन्छ बाजा’, ए निकाल गाँजा, खानुपर्छ आज’ लगायत शब्द प्रयोग भएको गीत दुर्गेशको आफ्नै यूट्युब च्यानलमा एक साताको अवधिका ३० लाखभन्दा धेरैले हेरिसकेको थिए।

हिरासत पुग्दा यस्तो देखिएः

फोटो क्रेडिटः देशसञ्चार

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here