चितवनका चिकित्सकहरुद्वारा सुरक्षा माग

काठमाडौं।पेशागत रुपमा असुरक्षित भएको भन्दै चितवनका चिकित्सकले सुरक्षाको माग गरेका छन्।

विरामीको उपचार गरेकै भरमा अस्पताल तोडफोड हुन थालेपछि काम गर्न नसकेको गुनासो उनीहरुको छ।

चिकित्सकहरुलाई उचित सुरक्षा नहुँदा त्रासमा काम गर्न बाध्य भएको नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा.प्रकाश खतिवडाले बताए। विरामीको मृत्युको विषयलाई लिएर स्वास्थ्यकर्मी असुरक्षित भएको उनले बताए।

आफ्ना माग पूरा नभए संघले चितवनका सम्पूर्ण अस्पताल र क्लिनिकहरुको आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीसमेत दिएको छ।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here