‘माछा बजारको झल्को दिने एनआरएनए सम्मेलन’

0
2

काठमाडौं

एनआरएनलाई हामी पढेलेखेका, कुरा बुझेका, धनसम्पत्ति कमाएका अनि प्रायः कुराहरुमा जानकार विदेश बस्ने नेपाली भनेर बुझ्छौं। अझ उनीहरु अनुशासन र संस्कार पनि मज्जैले सिकेका हुन्छन् भनेर हामी जान्दछौं। तर, नवौं अन्तरर्राष्ट्रिय विश्व सम्मेलनमा यस्तो देख्दै देखिएन।

सम्मेलनका लागि नेपाल भित्रिएका उनीहरुमा उताको अनुशासन र संस्कार देखिनुपर्नेमा नेपालमा सिकेर गएका अनुशासन र संस्कार पनि पोलेर खाएको देखियो।

अरु बेला अधिकांश एनआरएन भन्छन्, “नेपाल/नेपालीमा पटक्कै संस्कार र अनुशासन नै छैन।” अझ उनीहरुले यो भन्दा अगाडि बढेर नेपालीलाई अनुशासन र संस्कार सिकाउन खोज्छन्।

सम्मेलनका लागि काठमाडौंको पाँचतारे होटलमा बसेका उनीहरुले होटल परिसरलाई माछा बजारजस्तो बनाए। हुलदंगा, हल्ला, भिड र पैसाको खेल। महँगा टाइ सुटमा सजिएका र हातमा महँगा मोबाइल लिएका उनीहरुको कुरा चिल्ला भएपनि व्यवहार भने हुन सम्मको खस्रो देखियो।

नाराबाजी, पैसाको चलखेल, हुलदंगा आदि इत्यादि, सिङ्गो देशलाई नै लाजमर्दो भयो। तनाव पनि यत्ति भयो, होटल परिसरभित्र एनआरएन र प्रहरी उस्तै संख्यामा देखिन्थे।

नेपाल अवतरणपछि अध्यागमनदेखि नै झगडा गर्न थालेका उनीहरुले एनआरएनएको निर्वाचन सकिँदासम्म जे–जे गर्न मन लाग्यो, त्यहीँ त्यहीँ गरे। निर्वाचनमा समयमा भोटिङ सुरु भएन भनेर थालेका लफडा लाठी चार्जसम्म पुग्यो।

अधिकांशको मुखबाट सुन्न सकिन्थ्यो। “लफडाको मुख्य कारण राजनीति हावी हुनु हो।” हुनु पनि चुनावमा यस्तो देखियो कि चुनाव एनआरएनएको थियो।, तयारी नेकपा र कांग्रेसको।

सदैव ज्ञान, सीप र लगानीका कुरा उठाउने एनआरएनएको नवौं सम्मेलन लफडामै बित्यो।

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here