प्रधानमन्त्री अजरबैजान जाने

काठमाडौं।कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरुको अभियान, असंलग्न आन्दोलन (नाम)को १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकु जाने भएका छन्।

प्रधानमन्त्री ओली नाम सम्मेलनमा भाग लिन आगामी ७ कार्तिकमा त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। ८–९ कार्तिकमा हुने शिखर बैठकमा नामका १२५ सदस्य राष्ट्रसहितको सहभागिता हुने भएको छ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, परराष्ट्र सचिव शंकर बैरागीसहित उच्च पदस्थ अधिकारी सहभगी हुने बताइएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले केही उच्च स्तरीय भेटघाट समेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। आफ्नो स्वतन्त्र पहिचान, विचार र नीतिको अडान राखेर एकताबद्ध भएका मुलुकहरुले सन् १९६१ मा असंलग्नता आन्दोलन (नाम) सुरु गरेका हुन्।

फाइल तस्वीर

यो समाचारमा तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here